Central Department of International Relations and Diplomacy

University Campus, Kirtipur, Kathmandu, Nepal.

दर्शनाचार्य तथा विद्यावारिधि सम्बन्धी सूचना

दर्शनाचार्य तथा विद्यावारिधि सम्बन्धी सूचना

2024-05-26
IT admin

दर्शनाचार्य तथा विद्यावारिधि सम्बन्धी सूचना 

उपरोक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, दर्शनाचार्य तथाविद्यावारिधि कार्यक्रम संचालन विनियम, २०७७ अन्र्तगत परिच्छेद२को ४(ङ) मा उल्लेख भए अनूसार यस विभागमा दर्शनाचार्य विद्यावारिधितह शैक्षिक सत्र २०२२को प्रथम र दोश्रो सेमेष्टरमा कूल २४ क्रेडिटको अध्ययन पुरा गरी तेश्रो सेमेष्टरमा ६ क्रेडिट बराबरको कार्य गरि विद्यावारिधि तहमा सिधै जान इच्छुक शोधार्थीहरुबाट यस विभागबाट ताकिएको ढांचामा आवेदनआव्हन गरिएको व्यहोरा सूचित गरिन्छ । आवेदन दिनका लागि शोधार्थीहरुको एमफिल प्रथम र दोश्रो सेमेष्टरमा कम्तिमा सिजिपिए ३ प्राप्त गरेको हुनुपर्नेछ। इच्छुक शोधार्थीहरुबाट सूचना प्रकाशन भएकोमितिले तिन हप्ता (२१ दिन) भित्र यस विभागको प्रशासन शाखामा निम्नलिखित कागजातहरु अनिवार्य पेश गर्नुहुन सूचित गरिन्छ ।   

      क.  शोधप्रस्ताव 

      ख. नेप्जोल (NepJOL) वा अन्यप्रतिष्ठीत जर्नलमा प्रकाशित लेख 

      ग. दर्शनाचार्य तह प्रथम र दोश्रो सेमेष्टरको ग्रेडसिट 

      घ.  स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट 

      ङ. प्रथम र दोश्रो सेमेष्टर पुरा गरी तेश्रो सेमेष्टरमा छनौटका लागि आवेदन शूल्क रकम रु.३,५००।- 

           विभागको बैंक खातामा जम्मा गरेको सक्कल बैंक भाउचर अनिवार्य । 


      आवेदन शूल्क जम्म गर्ने बैंक खाता विवरण  

      रकम जम्मा गर्ने बैंकः Global IME Bank 

      खाता रहेको शाखाः Kirtipur Branch 

      खातावालको नामः Department of International Relations and Diplomacy (DIRD)  

      खाता नं.ः 0501010000543 

            

नोटः उपरोक्त बमोजिम्को कागजातहरु २ प्रति फाईलिङ्ग गरि  सूचना प्रकाशन भएकोमितिले तिन हप्ता (२१ दिन) भित्र यस विभागको प्रशासन शाखामा अनिवार्य पेश गर्नुहुन सूचित गरिन्छ ।


Files

S.N Name Type Download
1 दर्शनाचार्य तथा विद्यावारिधि सम्बन्धी सूचना pdf